लिङ्गेश्वर धामका बाबाको शव परीक्षण गर्न अस्पताल लगियो

श्रोत : ईन्टरनेट

धनगढी । मृत अवस्थामा फेला परेका कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल लिङ्गेश्वर धामका बाबा किसन नाथको शव घटनास्थलबाट उठाइएको छ ।

शनिबार बिहान वेदकोट नगरपालिका–४ मा पर्ने शिव लिङ्गेश्वर धाममै मृत अवस्थामा फेला परेका ७५ वर्षीय नाथको शव परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

frontline

विगत ४ वर्षदेखि धाममै बस्दै आएका नाथ शनिबार बिहान सुुत्ने कोठा बाहिर ढलेको अवस्थामा मृत फेला परेका थिए ।

उनी मुुखबाट रगत बगेको र रगत वान्ता गरेको देखिएको प्रहरीले जनाएको छ ।

स्थानीयले उनको हत्या भएको आशंका गरेपनि प्रारम्भिक अनुुसन्धानका क्रममा हत्याको आशंकालाई बल पुुग्ने प्रमाण फेला नपरेको डीएसपी न्यौपानेको भनाइ छ ।

यद्यपि शव परीक्षणबाट थप कुरा खुुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here