लिग-२ मा नेपालको तेस्रो हार

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो खेलमा हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा नेपालले नेदरल्यान्ड्समाथि ८ विकेटको जित दर्ता गरेको हो ।

नेपालले जितका लागि प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३८ औं ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्यान्ड्सका लागि सिरिजको पहिलो खेल खेलिरहेका विक्रमजित सिंहले व्यक्तिगत अर्धशतकसँगै साइब्रान्ड एंगलब्रेक्टसँग शतकीय साझेदारीका साथ जितको आधार तय गरे ।

frontline

यससँगै नेपालले लिग-२ अन्तर्गत घरेलु मैदानमा ३ हार बेहोरेको छ । गत संस्करणमा लिग-२ को १२ घरेलु खेलमध्य १० खेल जितेको नेपालले यसपटक भने घरेलु रेकर्डमा तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरिसकेको छ ।

लिग-२ तालिकामा नामिबियाको ६ अंक छ । नेदरल्यान्ड्सको ४ अंक तथा नेपालको २ अंक रहेको छ । अब नेपालले लिग-२ अन्तर्गत सेप्टेम्बरमा क्यानडा र अक्टोबरमा अमेरिकाको भ्रमण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here