लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिन्छ : ऊर्जामन्त्री भुसाल

फाइल तस्बिर

१५ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री पम्फा भुसालले लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने बताएकी छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले करिब १६ सय मेगावाटबराबरका आयोजनाहरूको विद्युत् खरिद सम्झौता (पीपीए) भएर पनि निर्माण हुन नसकेको बताइन् । खोला/नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्ने गरी कदम चालिने उनको भनाइ छ ।

frontline

‘टेक अर पे’ प्रावधानमा पीपीए गरिएका आयोजनाहरू सुरु नहुँदा वित्तीय जोखिम समेत देखिएकाले यस विषयमा मन्त्रालयले चाँडै आवश्यक निर्णय गर्ने उनले बताइन् ।

उनले नेपाल विद्युत् प्राधिकरणले पीपीए गरेका करिब तीन हजार २०० मेगावाटका जलविद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी दिइन् ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै औद्योगिक क्षेत्रलाई पर्याप्त विद्युत् उपलब्ध गराइएको र प्राधिकरणको ध्यान आन्तरिक खपत बढाउनेमा नै केन्द्रित रहेको बताए । उनले विद्युतीय गाडीको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिए ।

प्रसारणलाइनको अभावका कारण कुनै पनि आयोजनाको विद्युत् खेर जाने अवस्था नरहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here