ललितपुरका सिडिओलाई कोरोना

ललितपुरका सिडिओलाई कोरोना संक्रमण पुष्टि, प्रविधिको प्रयोग गरी महामारीविरुद्धको अभियानमा सक्रिय छु

२१ वैशाख, काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको उनले अनलाइनखबरलाई जानकारी दिए ।

frontline

प्रजिअ निरौलाले भने, ‘अहिले मेरो स्वास्थ्य अवस्था सामान्य नै छ । जिल्ला प्रशासन कार्यालयकै क्वाटर आइसोलेसनमा बसेर प्रविधिको प्रयोग गरी महामारीविरुद्धको अभियानमा सक्रिय छु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here