ललितपुर महानगरले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि कोभिड सहजीकरण समूह गठन गर्ने

ललितपुर महानगरले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रत्येक वडामा कोभिड सहजीकरण समूह गठन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ललितपुर महानगर प्रतिनिधिबीच भएको बैठकपछि महानगरले कोभिड समूह गठन गर्न लागेको बताइएको छ । हालसम्म महानगरमा २९ वडा रहेको छ । समूह गठन गरेपछि वडाको टोलटोलमै पुगेर घरैपिच्छे कोरोना संक्रमित भए/नभएको अनुगमन गर्नेछ ।

frontline

समूह गठन राम्रो अवधारणा भएकोले समूह गठन गर्न पत्राचार गरीएको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ सिआइसिटी संयोजक महेन्द्र श्रेष्ठले कोरोना नियन्त्रणका लागि समूह गठन प्रभावकारी हुने बताए ।

उक्त समूहले टोलटोलमा पुगेर घरपिच्छे बिरामी भए/नभएको एकिन गर्नेछ । उक्त समूहमा महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालक, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय क्लब, आमा समूह तथा गुठीका सदस्यहरू प्राथमिकताका साथ समावेश गर्नुपर्नेछ ।

बैठकमा ललितपुर महानगरका उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here