लमजुङमा भूकम्पको धक्का महसुस
१३ मंसिर, लमजुङ । लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ। लमजुङ दोर्दी गाउँपालिका-८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
उक्त ठाउँमा गएको भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्