लता मंगेशकरको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथ मन्दिरमा विशेष पूजा

१९ माघ, काठमाडौं । सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ । भारतबाट आएको टिमले आज बिहान ८ः३० बजेको साइतमा लताको स्वास्थ्यलाभको कामना गर्दै विशेष पूजा गरेको हो । 

लता केही समयदेखि अस्पतालमा उपचाररत छिन् । उनको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचार भइरहेको छ । उनको आईसीयूमै उपचार भइरहेको छ । 

frontline

कोरोना संक्रमित भएपछि ९२ वर्षीया लतालाई जनवरीको पहिलो हप्ता कोरोना देखिएको थियो । त्यसपछि उनको आईसीयूमा र पछि अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको थियो । 

त्यसपछि भने एकाएक उनका बारेमा गलत समाचार बाहिर आउन थाले । परिवारले वाध्य भएर उनको उपचार भइरहेको र सुधार भइरहेको सूचना दिन थाल्यो । 

उनको स्वास्थ्यमा सुधार आएसँगै भेन्टिलेटरबाट आईसीयूमा सारिएको हो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here