लगेजभित्र दुई वर्षीया बालिका फेला, महिला पक्राउ

समाचार सारांश

  • न्युजिल्याण्डको काइवाकामा बसको लगेजमा २ वर्षीया बालिका फेला परेकी छिन्।
  • प्रहरीले बालिकालाई लगेजमा राख्ने २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।
  • बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने महिलालाई अदालतमा पेश गरिनेछ।

काइवाका । बसमा यात्रा गर्ने क्रममा लगेजभित्र दुई वर्षीया बालिका फेला परेपछि न्युजिल्याण्डको उत्तर भागमा पर्ने सानो सहर काइवाकामा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

frontline

घटनाबारे जानकारी दिँदै प्रहरीले आइतबार बस चालकले लगेज चेक गर्ने क्रममा झोला हल्लिएको देखे। त्यो खोल्दा त्यहाँ एक सानी बालिका भेटिएको प्रहरीको भनाइ छ। २७ वर्षीया महिलालाई बच्चाको अमानवीय व्यवहार वा लापरबाही गरेको अभियोगमा पक्राउ गरिएको छ।

‘बालिका शारीरिक रुपमा भने सामान्य देखिएकी छिन्,” प्रहरीले जनाएको छ। उनलाई थप स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ।

महिला र बालिकाबिचको सम्बन्ध हालसम्म खुलाइएको छैन। महिला सोमबार नर्थ शोर जिल्ला अदालतमा उपस्थित हुने छन्। प्रहरीले उक्त घटनामा सूक्ष्म अवलोकन गरेर तत्काल कदम चालेको भन्दै बस चालकको प्रशंसा गरेको छ। ‘यदि चालकले सजगता नदेखाएको भए स्थिति गम्भीर हुन सक्थ्यो,’ प्रहरीको भनाइ छ।

#न्युजिल्याण्ड #बालिका #प्रहरी

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here