लगातारको वर्षाले जनजीवन प्रभावित,जनधनको क्षति

२१ असोज, काठमाडौं । लगातारको वर्षापछि आएको बाढी पहिरोमा परेर आज तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । त्यस्तै ६ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

काठमाडौंको चन्द्रागिरि नगरपालिका २ मा पहिरोमा पुरिएर काभ्रे धुलिखेल– १२ का ५१ वर्षका राजु श्रेष्ठ‚ उनकी श्रीमती ४५ वर्षिया रेखा र छोरी सारथीको मृत्यु भएको हो । ध्यान केन्द्रमा सुतिरहेको अवस्थामा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको  थियो । 

frontline

गोरखाको चुमनुब्री गाउँपालिमका वडा नम्बर ६ खारमा पहिरोमा परेर ३ जना घाइते भएका छन् । लगातारको वर्षापछि झरेको पहिरोले घर पुरिँदा खारका २५ वर्षका छेतुङ लामा, ५ वर्षका पेमा छिरिङ लामा र तेङ्जीङ डोल्मा लामा घाइते भएका छन् ।

प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो । 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती (नाम नखुलेको), १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन् । 

भारी वर्षाका कारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ । बिहीबार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण शुक्रबार बिहानैदेखि तल्लो सुर्खेतका बस्ती डुबानमा परेको हो । 

डुबानले केही घर जलमग्न हुनुका साथै पाक्न लागेको धानबाली नष्ट गरेको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा तनहुँको म्याग्दे–७ पयारटोलका दुई घरमा पूर्ण क्षति पुगेको छ । स्थानीय बसन्तबहादुर घर्ती र पदमबहादुर घर्ती पहिरोले क्षति पुगेको नेपाली काङ्ग्रेस म्याग्देका नेता श्रीभद्र आचार्यले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here