दार्मा गाउँपालिकाको गाउँसभाको १३ अौं अधिवेशन समापन
आर्थिक वर्ष ०८०/८१ का लागि ४४ करोड ४ लाख ७ हजार २ सय बजेट पारित गर्दै दार्मा गाउँपालिकाको गाउँसभाको १३ अौं अधिवेशन समापन भएको छ।
कृषि तथा पशु विकास,सहकारी तथा रोजगारी प्रवर्द्धन,उद्यम विकास,शिक्षा,युवा तथा खेलकुद विकास,स्वास्थ्य सेवा,लैंगिक समता,महिला तथा दलित शसक्तिकरण र सामाजिक समावेशीकरण,उत्पादनमुखी र अपांग तथा बालमैत्री दीगो पूर्वाधार विकास,पर्यटन प्रवर्द्धन बजेटको प्राथमिकतामा छन्।
विकास साझेदार संस्थासंगको सहकार्यमा उत्पादन र रोजगारमुखी दीगो विकासलाई जोड गरिएको छ।
समय व्यस्तताकावीच कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री मा. भिमप्रकाश शर्माले विशेष सम्बोधन गर्नुभएको छ।विशेष आभार व्यक्त गर्दछु।
असार ७ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस र पारित गर्दै शुरु भएको अधिवेशन ४ वटा बैठकबाट नीति तथा कार्यक्रम,बजेट र विभिन्न ऐनहरु सर्वसम्मत पारित गर्दै सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको छ।
चरणबद्ध रुपमा समुदाय र टोल विकास संस्थाको वीचमा छलफल,वडाको प्राथमिकिकरण,सर्वपक्षीय सुझाव संकलन,विषयगत बिकास समितिका बैठक हुँदै कार्यपालिका बैठकले गाउँसभा अधिवेशनका लागि व्यापक गृहकार्य र तयारी गरेकोमा आम समुदाय, जनप्रतिनिधि,निवर्तमान जनप्रतिनिधि,राजनीतिक दल,संघसंस्था,शिक्षक/कर्मचारी/व्यापारी/बुद्धिजीवी/पत्रकार एवं पालिकाको सचिवालय टिमलाई विशेष धन्यवाद ज्ञापन गर्दछु।
प्रतिक्रिया दिनुहोस्