रौतहटमा कर्जाको नाममा जग्गा नामसारी गराउने लाखौको कपाली कागज गराएको खुल्लासा
मेवालाल यादव
फाल्गुन ५ गते, रौतहट ।
रौतहटमा एकजना व्यक्तिले कर्जाको नाममा जग्गा नामसारी गराउने लाखौको कपाली कागज गराएको पाइएको छ ।
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका –१ पिप्राका सुरेन्द्र साहको र सोहि गाउँपालिका–२ बिरेन्द्र पाण्डेले साहको जग्गा नामसारी झुक्याएर गराएको र १० लाखको तमसुक अर्थात कपाली कागजमा सहीछाप गराएको रहस्य खुलेको छ ।
साहले रौतहट जिल्ला प्रहरी कार्यालय गौर र जिल्ला अदालत गौरबाट कुनै न्याय नपाए पछि आफ्नो परिवारका साथै साहले आत्महत्या समेत गर्ने पत्रकार सम्मेलन मार्फत बताएका छन । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका -२ मा बस्ने बिरेन्द्र पाण्डेले सोही गाउँपालिका -१ मा बस्ने सुरेन्द्र साहको घर जग्गा समेत आफ्नो नाममा गराइ अरु संग जग्गा बिचेको रहस्य खुलेको छ ।
साहले बिरेन्द्र पाण्डेले संग २०७१ कार्तिक २७ गतेको दिन १०
लाख रुपैया रिऋ अर्थात कर्जा लिएको थिए ।साहले १० लाखको १३ लाख ६० हजार पाण्डेलाई दिएको बताए।
पाण्डेले १० लाखको ४ वर्षमा ब्याजको ब्याज जोडेर करिब ८०-९० लाख रुपैया पुराइदिएको हो तर पाण्डेले साह माथि मुद्दा समेत गरेको साहले न्याय नपाए पछि आज पत्रकार सम्मेलन गरेर बताएका छन् ।
पाण्डेले सोही गाउँपालिकामा बस्ने बिनलाई रिऋ अर्थात कर्जा दिएको थियो तर पाण्डेले रिऋ अर्थात कर्जाको ब्याजको ब्याज सुनाए पछि बिनलाई कर्जाको पैसा सुनेर सोही ठाउँ हाट अटेक भएर मुत्यु भएको साहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्