रौतहटमा एकै परिवारका दुई बालकको विष सेवनका कारण मृत्यु

२९ कार्तिक, जनकपुरधाम । रौतहटको देवाही गोनाही नगरपालिका-५ टिकुलियामा एकै परिवारका दुई बालकको विष सेवनका कारण मृत्यु भएको छ ।

स्थानीय सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृत्यु भएको हो । रौतहटका प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार यो घटना कार्तिक २७ गतेको हो । उपचारका क्रममा मुखियाका जेठो छोराको हिजो र सानो छोराको अस्ती नै मृत्यै भएको हो ।

frontline

विष सेवनबाट मुर्छा परेका दुबै बालकलाई आफ्न्तले तत्कालै गरुडा अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि वीरगञ्जको तराई अस्पताल लगियो । उक्त अस्पतालमा उपचारको क्रममा सोही दिन विकासको र त्यसको विहानपल्ट आकाशको मृत्यु भएको छ ।

मृतक दुबै बालक आफैंले विष सेवन गरे वा कोही अन्य व्यक्तिले खुवायो भन्ने विषयमा केहि खुल्न सकेका छैन । एसपी घिमिरे भन्छन्, ‘पीडित परिवारका अनुसार घटना शंकास्पद छ । हामी अनुसन्धान गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here