रौतहट यातायातमा १५ देखि ३५ हजारमा ड्राईभिङ्ग लाईसेन्स किनबेच हुँदै

मेवालाल यादव

frontline

रौतहट , २४ बैशाख।
यातायात व्यवस्था कार्यालय रौतहट र ट्राफिक कार्यालय रौतहटको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स)खरिद विक्रि हुने गरेको पाइएको छ। घुस नबुझाई जतिपटक परीक्षा र ट्रायलमा दिएपनि पास नहुने र घुस वापत रकम बुझाएपछि सजिलै लाईसेन्स हातलाग्ने भएपछि यो रहस्य वाहीरीएको हो।
रौतहटका एक युवकले लिखित पास गरेर तीन पटक मोटरसाईको लाईसेन्सको ट्रायल दिए। तर, उनी पास हुन सकेन। तर, उनीसँगै गएका साथिहरुले १५ हजार तिरेर लिखित र ट्राईल दुवै पास गरे।
यातायात कार्यालय रौतहटमा मोटरसाइकलको लाईसेन्स १२ देखि १५ हजार, चार चक्काको २४ देखि ३५ हजारसम्म रकम विचौलियामार्फत बुझाए सजिलै लाईसेन्स पाईने ती युवकले बताए।


उनले भने, ‘म राम्रोसँग मोटरसाइकल चलाउन जान्दछु, लिखित पहिलो पटकमै पासगरें। तर, तीन पटक ट्रायल दिंदापनि पास हुन सकिएन। घुस नदिई लाईसेन्स लिउँ भनेको यहाँ मुस्किल रहेछ।’
‘घुस नदिई काम गराउँछु भन्ने लागेर खुरुखुरु ट्राइल दिएँ। पासै हुन सकिएन। अव त्यसै एक वर्ष पछाडी परियो।’ उलने थपे, ‘अव घुस दिएर्रै नदिई नहुने अवस्था देखियो।

रौतहट यातायात कर्यालय अगाडी लेखापढी व्यवसायीको रुपमा रहेकाकाहरुको मुख्य धन्दा नै यहि हो। उनीहरु हाकाहाकी मोटरसाईकलको १५ हजार, ट्याक्टर र चारचक्के गाडीको ३५ हजार सम्म लाग्ने बताउँछन्।
उनीहरुले रकम लिएका ९९ प्रतिशतले सहजै लाईसेन्स परीक्षा र ट्रायल दुवै पास पनि गर्नेगरेको दावी गर्छन्। त्यहि कार्यरत एक लेखापढीको रुपमा काम गर्ने विचौलियाले भने, ‘कहिलेकाही ढिलो भएका कारण सेटीङ्गमा समस्या हुन्छ, अन्यथा सवैके काम हुन्छ।’
ट्याक्टर, म्याजिक मात्र हैन यहाँबाट लाईसेन्सलिने धेरैले रकम तिरेर र भनसुनको भरमामात्र लाईसेन्स पाउने गरेको एक विचौलियाले बताए। ति बिचौलियाले भने, ‘रकम नबुझाएसम्म लाईसेन्स नै पाइँदैन, हामीहरुलाई पनि थौरै कोटा दिएको हुन्छ। त्यहि अनुसार सेटिङ्गमा काम हुने हो।’
उनले यहाँ पार्टीका नेता, सरकारी कार्यालयहरु समेत कोटा छुट्याएको सुनाए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here