रौतहट देवाही गोनाहीका प्रमुख अधिकृत सिकेन्द्र साह कार्यालयमा अनुपस्थित रहँदा सेवाग्राही मार्कामा

२८ मंसिर, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र प्रसाद साह कार्यालयको दिनमा पनि कार्यालयमा अनुपस्थित रहँदा सेवाग्राहीहरु मार्कामा परेका छन् ।

पार्टिगत कामका लागी नगर प्रमुख र उप_ प्रमुख समेत जिल्ला बाहिर रहेको बेला साह पनि नगर प्रमुखलाई कुनै जानकारी नदिई कार्यालयमा अनुपस्थित भएका छन् ।

frontline

प्रमुख प्रशासकिय अधिकृत साह कार्यालय अनुपस्थित हुँदा दैनिक कामकाज समेत प्रभावित बनेको वहाँको जनप्रतिनिधिहरू लगायत कर्मचारीले बताएका छन् ।

कार्यालय संग सम्बन्धित रहेको महत्वपूर्ण कामहरु आज गर्नु पर्ने भएकोले सिकेन्द्र प्रसाद साहको अनुपस्थितीका कारण आफुहरु फाँटमा मुखदर्शक बन्नु परेको सम्बन्धित फाँटका कर्मचारीहरुले बताएका छन् ।

यस सम्बन्धमा देपाही गोननही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानु संग सोध्दा आफु पार्टि र कार्यालयको कामले जिल्ला बाहिर रहेको बेला कार्यालय प्रमुख कार्यालयमा बस्नु पर्ने दायित्व विपरित साह अनुपस्थित भएको र सो बाट सेवाग्राहीहरुलाई मार्का परेको जानकारी आएको बताएका छन् ।

कार्यालय प्रमुख बिदा बसेको वा अनुपस्थित रहने बारे साह द्धारा कुनै जानकारी नगराईएको नगर प्रमुख कानुले बताएका छन् । नेपाल सरकारको कर्मचारी द्धारा नै यस किमिमको गैर जिम्मेवार हर्कत हुँदा देवाही गोनाही नगरपालिकाबासीले गाँउ गाँउमा सिंहदरबारको अनुभुति गर्न सकिने भन्ने सर्वसाधारणको जिज्ञासा रहेको छ ।

कर्मचारी भर्नामा आफ्नो नातागोता लाई समेत भर्ना गरेको तथ्य बाहिर आएको छ वडाअध्यक्ष लगायत कार्येपलिका सदस्यहरूले बताएका छन ।

स्वास्थ्य सम्बन्धित सामाग्री खरिद गरेको समानमा ठुलो अनियमितता गरेको वडा अध्यक्ष विजय पटेल बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here