रौतहट जिल्लाको विभिन्न स्थानमा कार्यक्रम आयोजना गरी १११ औ अन्तराष्ट्रीय नारी दिवस मनाइएको छ

रौतहट ।। महिलाको सुरक्षा ,सम्मान र रोजगार ,समृद्ध नेपालको आधार मूल नाराको साथ महिलाहरुले १११ औ अन्तराष्ट्रीय नारी दिवस मनाएको हो । गौर ,गरुडा , चन्द्रनिगाहपुर लगायतका १८ वटा स्थानीय तहमा कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ । नारी चेतना महिला कृषक सहकारी सस्था लिमिटेड गौर ५ ले गौर स्थित मधेशी क्रांति चौकमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका महिला अधिकारकर्मी नेत्रीहरुले निर्मला पन्तको हत्या गर्नेलाइ सरकारले कार्यवाही गर्न नसकेको भन्दै आलोचना समेत गरेका छन । महिलाहरुको अधिकार सुनिश्चित हुनु पर्छ भनी उठाइएको मुद्दा र गरिएको संघर्षको कारण सन १९१० मा मत हाल्न पाउने अधिकार प्राप्त भएको दिन मार्च ८ लाइ महिलाको स्वतंत्रताको रुपमा स्मरण गर्दै दिवस मनाउंन शुरू गरिएको थियो । गौरी शंकर यादव फाउंडेशन , गौर नगरपालिका , राजदेवी नगरपालिका , बौधिमाई नगरपालिका , गरुडा नगरपालिका , माधव नारायण नगरपालिका , देवाही गोनाही नगरपालिकाको सहयोगमा आयोजना गरिएको कार्यक्रममा सम्वोधन गर्दै पूर्व संविधान सभा सदस्य रम्भा देवी यादवले महिला आफैमा एउटा ठूलो शक्ति भएकोले आफ्नो शक्ति क्षमताको प्रयोग गर्नु पर्ने जोड़ दिए । नारीलाइ सम्मान नगर्नेको सम्मान नहुने जिकिर गर्दै महिलाले अरुको प्रति आश्रित हुनु पर्ने अवस्था नरहेको उल्लेख गरे । महिला विभेद ,हिंसाको शिकार हुदै आएकोले अव अधिकार र स्वाभिमानको लागि अघि बढ्नु पर्नेको विकल्प नरहेको जिकिर गरे । आफु सभासद हुदा संसदमा महिलाको अधिकार दिनु पर्ने आवाज उठाएको र संघर्ष समेत गरेको उल्लेख गर्दै अधिकारको सवालमा पुरुषले दिन नचाहने भएकोले महिलाहरुलाई अधिकार सम्मान सुरक्षाको लागि अडिग भएर आन्दोलन गर्नु पर्ने बताए । जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य राम किशोर यादवले महिला माथि हुने दमन शोषणको अन्त्य हुनु पर्ने जोड़ दिएका छन । महिलाहरुलाइ नेपाल सरकारले सुरक्षा दिन नसकेको आरोप समेत लगाए । उहाले समानुपातिक समावेशिताको आधारमा सवै क्षेत्रमा महिलाको सहभागित हुनु पर्ने व्यवस्था नेपाल सरकारले गर्नु पर्ने जोड़ दिए । नारी आदिशक्ति भएकोले नारी माथिको अपमान विनासको कारण हुने बताए । प्रदेश सरकारको बेटी बचाओ बेटी पढ़ाओ अभियान लोकप्रिय अभियानको रुपमा रहेकोले छोरीहरुलाई पनि छोरा सरह शिक्षा दीक्षा दिनु पर्ने आग्रह समेत गरे । सांसद यादवले शिक्षित समाज निर्माण गर्न महिला शसक्तीकरण र शिक्षित हुनु जरुरी रहेको उल्लेख गरे !। महिला पुरुष एक अर्काका परिपूरक रहेको महिला प्रति कुरुरता देखाउनु अमानवीय भएकोले नारीलाइ सम्मान ,सुरक्षा ,समृद्ध बनाउनु पर्ने आवश्यकता औल्याउनु भयो । उहाले कानूनले दिएको अधिकार सुनिश्चितताको लागि एकजुट भएर अघि बढ्नु पर्ने जनाए । प्रदेश सांसद बाबूलाल साहले महिला हिंसा ,हत्या बलात्कार वर्तमान सरकारको पालामा बढेको बताए । निर्मला पन्त जस्तो बालिकालाइ सरकारले न्याय दिलाउने विषयमा असफल भएको टिपण्णी समेत गरे । सो कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका महिला नेत्री शोभा देवी साहले छोरीको सुरक्षा अहिलेको प्रमुख चुनौती भएको बताए । सुरक्षा चुनौतीको कारण भ्रूण हत्या गर्ने अपराध गर्न बाध्य हुनु पर्ने स्थति आएकोले महिला बाल बालिकाको सुरक्षाको ग्यारेन्टी सरकारले लिनु पर्ने बताए । गरीवी अशिक्षा , बेरोजगारीको कारण गर्भमा छोरीको हत्या गरिने गरेकोले समाजमा विकृति विसंगति एवं अन्धविश्वासले निम्त्याएको दाइजो प्रथाको अन्त्य गर्नु पर्ने जोड़ दिए । वर्तमान अवस्थामा सामाजिक मुल्य मान्यता र आफ्नै घर–परीवार, आफन्तको व्यवहारले पनि समय–समयमा पटक–पटक छोरी चेली महिलाहरु शोषित, तिरस्कृत, अपहेलित र बली चढदै आइरहेकी देखिएको छ । कानूनको फिलतो कार्यन्यवनको कारण महिला .चलीहरु अपराधीहरुको शिकार बन्न पुग्ने गरेको छ । महिला प्रति हुने हिंसा , अत्याचार ,दमन ,शोषण , अपहेलनाको न्यूनीकरण गर्न दरिलो कÞानूनी कार्यवाही , शिक्षा , सुरक्षाको आवश्यकता रहेको छ । शिक्षा नभए सम्म विसंगति विकृति मुक्त समाज र परिवार निर्माण गर्न नसकिने भएकोले यस प्रति अभिभावक सरकार सचेत भएर कार्य गर्नु पर्ने आवश्यकता रहेको छ । महिलाहरुप्रति गर्ने दुर्ववहार, अत्याचार, हिंसा, चरित्रहनन, शोषण, दमनलाई अन्त्य गर्न सबैले नारी ले आफ्नो अधिकार , सुरक्षा , सम्मान र समानताको लागि घर–टोल परिवारवाटै थाल्नी गर्नु पर्दछ र यसको अन्त्य गर्नु पर्छ । गीता कुशवाहाको सभापतित्वमा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका केंद्रीय सदस्य योगेन्द्र यादव , कमलेश सिंह , विश्वनाथ पटेल , जिल्ला समन्वय समितिका उपाध्यक्ष राम असीस यादव , विबेक कुमार यादव , जस्पाका युवा नेता श्याम विहारी यादव , पूर्व अध्यक्ष रामप्रवेश दास , नेपाल पत्रकार महासंघका अध्यक्ष रविन्द्र साह ,नेपाल भारत मैत्री वीरांगना फाउंडेशनका अध्यक्ष प्रभा सिंह , विद्यार्थी नेता ललन यादव , ओमप्रकाश साह मधेशिया लगायतले नारी दिवसको अवसरमा आ आफ्नो शुभकामना मंतव्य राखेका थिए । महिला नेत्री राधा देवी साह , शकुंतला देवी पटेल ,सुशीला देवी यादव , अम्ब्या खातून , इशरत जहा , शांति देवी झा सहभागी भएकाका कार्यक्रम निजी विद्यालयका बाल बालिकाहरुले विभिन्न किसिममा नाटक , नृत्य सहित जनचेतना मूलक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै १११ औ अन्तराष्ट्रीय नारी दिवसको अवसरमा राजदेवी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जेष्ट नागरिक ,महिला स्वास्थ्यकर्मी ,कर्मचारीहरुलाई सम्मानित गरेको छ । निमित प्रमुख प्रसाशकीय अधिकृत सुबोध साहको सभापतित्वमा संपन्न भएको सो कार्यक्रममा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here