रौतहट आईपुग्यो सशस्त्र प्रहरी बल नेपालको झण्डा मार्च टोली’

श्रीकांत यादव

“२५ औ सशस्त्र प्रहरी दिवस २०८२” को अवसरमा पौष २० गते देखी पुर्वी सीमा झापाबाट शुरु भएको पूर्व-पश्चिम झण्डा मार्च टोली रौतहट आई पुगेको छ ।
नेपाल तर्फ जिल्ला रौतहट राजदेवी न.पा.-९ ब्रम्हपुरी काली मन्दिर र भारत तर्फ जिल्ला सितामढी नवरोपुर्बास ग्राम पंचायत-३ मुसहा स्थित सानो सीमा स्तम्भ नं. ३४२/१ नजिकै सशस्त्र प्रहरी बल नेपापल न्. १० गण हे.क्वा. सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक देव बहादुर चन्द सहितको टोलीले ल्याएको नेपालको राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बल नेपालको झण्डा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक राम हरी अधिकारी सहितको टोलीलाई हस्तानान्तरण गरेको हो ।
राजदेवी न.पा.का नगर प्रमुख भिखारी प्रसाद यादव¸ रौतहट जिल्लाका प्र.जि.अ. दिनेश सागर भुसाल, राजदेवी न.पा.का उप-प्रमुख राज कुमारी देवी, राष्ट्रिय अनुसन्धान विभागका रौतहट जिल्लाका प्रमुख उप.अनु.नि. कुमार बुढाथोकी, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा गौरका गुल्मपती स.प्र.ना.उ. प्रेम सागर बिष्ट¸ राजदेवी न.पा. वडा नं. ८ र ९ का वडा अध्यक्षहरु, स्थानिय भद्रभलादमी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरु,पत्रकार र सर्वसाधारणहरुको समेत सहभागीतामा रहेको थियो ।उक्त कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल र राजदेवी न.पा.का नगर प्रमुखले संयुक्त रुपमा बुझेका थिए भने सशस्त्र प्रहरी बल नेपालको झण्डा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक राम हरि अधिकारीले बुझेका थिए ।
उक्त झण्डा मार्च कार्यक्रममा भारतिय समकक्षी सशस्त्र सीमा सुरक्षा बल (SSB) का नं. २० बटालियन G कम्पनीका कम्पनी कमाण्डर हिमान्शु सिंह सहितको टोली समेत सहभागी भएको थियो ।
सशस्त्र प्रशरी बल नेपाल नं. ११ गण हे.क्वा.रौतहटका गणपती सशस्त्र प्रहरी उपरीक्षक राम हरी अधिकारीका अनुसार उक्त झण्डाहरु झण्डा मार्च टोलीले नेपाल-भारतको सीमा ईलाकामा पैदल मार्च गर्दै मिति २०८२ साल माघ ०५ गते रौतहटको पश्चिमी सीमा ईलाका बंकुलबाट सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराको टोलीलाई औपचारीक रुपमा हस्तानान्तरण गर्ने कार्यक्रम रहेको छ । उक्त झण्डा मार्च कार्यक्रम मिति २०८२ साल माघ ११ गने पर्सा जिल्लाको स.प्र.बल नेपाल वि.ओ.पि. ठोरीमा पुगेर औपचारीक रुमा सामापन हुने छ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here