रोमानियामा सैनिक हेलिकप्टर दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

१९ फागुन, काठमाडौं । रोमानियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ ।

कृष्ण सागरनजिकै अवस्थित गुरा डोब्रोगेई क्षेत्रमा आईएआर-३३० प्युमा हेलिकप्टर दुर्घटना भएको हो ।

frontline

उक्त दुर्घटनामा परी चालकसहित हेलिकप्टरमा सवार ८ जनाको मृत्यु भएको रोमानियाको रक्षा मन्त्रालयले जनाएको छ ।

खराब मौसमका कारण दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

रोमानियाका राष्ट्रपति क्लाउस आइओहानिसले विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले दुर्घटनालाई ‘रोमानियाको उड्डयनका लागि खराब रात’समेत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here