रोनाल्डोका छोरा रोनाल्डो जुनियर पोर्चुगलको यू-१५ टोलीमा समावेश

२३ वैशाख, काठमाडौं । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरलाई पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा समावेश गरिएको छ।

पोर्चुगलले भ्लात्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २२ सदस्यीय यू-१५ टोलीको घोषणा गरेको छ, जसले क्रोएसियामा आयोजना हुने उक्त प्रतियोगितामा भाग लिनेछ।

frontline

प्रतियोगितामा पोर्चुगलले इङ्ल्याण्ड, जापान र ग्रिससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

टोलीका प्रमुख प्रशिक्षक जोआओ सान्तोसले क्रिस्टियानो जुनियरसहित टोटनह्याम हट्स्परका युवा खेलाडी डोन्ते लरेन्सलाई पनि टोलीमा समावेश गरेका छन्।

सन् २००० मा आफ्नै यू-१५ डेब्यु खेलमा दक्षिण अफ्रिकाविरुद्ध गोल गरेका क्रिस्टियानो रोनाल्डोका लागि यो खुसीको क्षण हो किनभने उनका छोरा पनि त्यसै मार्गमा अघि बढिरहेका छन्।

स्पेनिस टिम रियल मड्रिडका सर्वाधिक गोलकर्ता र हाल ४० वर्षको उमेरमा पनि पोर्चुगलको अन्तर्राष्ट्रिय टोलीमा सक्रिय रहेका रोनाल्डो पाँच सन्तानका पिता हुन्।

सन् २०१६ मा उनले पोर्चुगललाई पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। युरो २०१६ को फाइनलमा फ्रान्सविरुद्धको खेलमा उनले चाँडै चोटका कारण मैदान छाड्नुपरे पनि टोलीले उपाधि जितेको थियो।

सन् २००० मा आफ्नै यू-१५ डेब्यु खेलमा दक्षिण अफ्रिकाविरुद्ध गोल गरेका रोनाल्डोका लागि यो क्षओ विशेष हुनेछ किनभने उनका छोरा पनि त्यसै बाटोमा अघि बढिरहेका छन्।

क्रिस्टियानो रोनाल्डो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here