रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन
काठमाडौं । तिब्बत क्षेत्रमा पर्ने रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता बद्रीप्रसाद तिवारीले जानकारी दिनुभएको छ ।
उक्त नदी तामाकोशी नदीमा आएर मिसिने गर्छ ।
शुक्रबार रातिदेखि नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको आसपासमा वर्षा भएपछि रोङ्सी खोला पहिरोले थुनिएको थियो ।
सो खोलामा आएको पहिरो हटाउन शनिबार बिहानैदेखि चिनियाँ टोली परिचालन भएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चिनियाँ टोलीले अहिले पहिरो हटाइरहेको जानकारी आएको छ ।
‘हामी अहिले यसबारे छलफल गर्दै छौं । पहिरो खुलाउने क्रम जारी छ ।
पहिरो हटेपछि पानीको बहाव बढ्ने भएपछि केही ठाउँमा क्षति हुनसक्ने अनुमान गरिएको छ ।
त्यसैले स्थानीयलाई सचेत हुन अपिल गरेका छौं,’ उहाँले भन्नुभयो ।
रोङ्सी खोलाको पानी तामाकोशीमा आएर मिसिन्छ ।
दोलखाको लाप्पी क्षेत्रमा रोङ्सी र तामाकोशी दोभान छ ।
प्रतिक्रिया दिनुहोस्