रोकिराखेको डुङ्गामाथि ढुङ्गा खस्दा ७ को मृत्यु, ३२ जना घाइते

२५ पुस, ब्राजिलिया । ब्राजिलको एक तालमा रोकिराखेको डुङ्गामाथि ढुङ्गा खस्दा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य ३२ मानिस घाइते भएका छन्।

दक्षिणपुर्वी ब्राजिलको मिनास गिरेइस प्रान्तमा अवस्थित तालमा सो दुर्घटना भएको हो।

frontline

सो दुर्घटना स्थानिय समयअनुसार ११ बजे भएको हो। डुङ्गामाथि भीरबाट ढुङ्गाको भाग खस्दा तीनवटा डुङ्गामा लागेको थियो भने यात्रु भएको डुङ्गा डुवेको थियो।

जसका कारण सात जनाको घटनास्थलमै मुत्यु भएको थियो भने ३२ मानिस घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन्।

घाइतेमध्ये ९ जनाको उपचार भइरहेको र अन्य १२ मानिस हराइरहेको बताइएको छ।

हराइरहेकाहरुको गोताखोर र हेलिकोप्टरमार्फत खोजी भइरहेको स्थानिय मिडियामा खबर छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here