रेसुंगा विमानस्थलमा पहिलो डेमो उडान सफल
२४ पुस, गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो पटक डेमो उडान सफल भएको छ । आइतबार बिहान १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको ९ एन-ए एल ओ जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो।
जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी, रामकुमारी झांक्री लगायतका यात्रु थिए।
जहाज हेर्न विमानस्थलमा ठूलो भीड लागेको छ । लामो समयको प्रतिक्षापछि रेसुंगा विमानस्थलमा डेमो उडान सफल भएपछि गुल्मीबासी खुसी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्