रूपन्देहीमा १६ वर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ
२५ माघ, रूपन्देही । रूपन्देहीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कारकाे अभियाेगमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले मंगलबार एक जनालाई पक्राउसमेत गरेकाे छ ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका-७ शितलनगर बस्ने ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
गुरूङले ती किशोरीलाई गत शुक्रबार राति देवदह नगरपालिका-७ ढेकारस्थित होटलमा जबरजस्ती करणी गरेकाे प्ररम्भिक अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्