रुसी सेनाले दक्षिणी युक्रेनको महत्त्वपूर्ण नगरलाई नियन्त्रणमा लिएर कर्फ्यू

२० फागुन, काठमाडौं । रुसी सेनाले दक्षिणी युक्रेनमा अवस्थित एउटा महत्त्वपूर्ण नगरलाई नियन्त्रणमा लिएर कर्फ्यू लगाएको छ ।

रुसी सेनाले खेर्सन नगरलाई नियन्त्रणमा लिएको हो । उक्त सहरका मेयर इगोर कोलिखाएभले नगर परिषद्को भवनमा रुसी पसिसकेको र कर्फ्यू लगाएको जानकारी गराएका छन् । उनले फेसबुकमा एक पोष्ट गर्दै नगरलाई रुसी सेनाले नियन्त्रणमा लिएको बताएका हुन् ।

frontline

रुसी सेनाले दक्षिणी युक्रेनमा अवस्थित एउटा महत्त्वपूर्ण नगरलाई नियन्त्रणमा लिएर कर्फ्यू लगाएको छ ।

रुसी सेनाले खेर्सन नगरलाई नियन्त्रणमा लिएको हो । उक्त सहरका मेयर इगोर कोलिखाएभले नगर परिषद्को भवनमा रुसी पसिसकेको र कर्फ्यू लगाएको जानकारी गराएका छन् । उनले फेसबुकमा एक पोष्ट गर्दै नगरलाई रुसी सेनाले नियन्त्रणमा लिएको बताएका हुन् ।

बन्दरगाह नगरको रुपमा चिनिने खेर्सन युक्रेनमा सैन्य कारबाही गरेपछि रुसको नियन्त्रणमा गएको पहिलो महत्त्वपूर्ण नगर हो ।

झण्डै तीन लाख मानिस बस्ने उक्त नगर पानीजहाज निर्माण गरिने युक्रेनको प्रमुख सहरको रुपमासमेत चिनिन्छ ।

कृष्ण सागरमा मिसिने डिनिपर नदीको किनारामा अवस्थित खेर्सनमाथि रुसी सेनाको नियन्त्रणलाई महत्त्वका साथ हेरिएको छ ।

किनभने रुसलाई त्यहाँ सैन्य अखडा निर्माण गरेर युक्रेनको उत्तरी क्षेत्रतर्फ थप अघि बढ्ने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here