रुसी सेनालाई खेरसनबाट बाहिर निस्कन आदेश

२४ कात्तिक, मस्को । रुसी सेनालाई युक्रेनी सहर खेरसनबाट बाहिर निस्कन आदेश दिइएको छ । फेब्रुअरीमा हमला गरेपछि रुसले कब्जा गरेको खेरसन एक मात्र सहर हो।

युक्रेनमा रुसका कमाण्डर जनरल सर्गेई सुरोभिकिनले सहरमा आपूर्ति जारी राख्न सम्भव नभएको बताएका छन्। सेना फिर्ताको अर्थ रुसी सेना पूर्ण रुपमा निप्रो नदीको पश्चिमी किनारबाट हट्ने छ।

frontline

युक्रेनको जवाफी हमलाको सामना गरिरहेको रुसका लागि यो सेना फिर्ता ठूलो झट्काको रुपमा हेरिएको छ । ‘यस अवस्थामा हाम्रो लागि उत्तम विकल्प भनेको निप्रो नदीको अर्को छेउमा हाम्रो रक्षालाई बलियो बनाउनु हो,’ जनरल सुरोविकिनले वरिष्ठ सैन्य अधिकारीहरूसँगको बैठकमा भने।

रुसी मिडियाले खेरसनका उपनेता किरिल स्ट्रेमोसोभको कार दुर्घटनामा मृत्यु भएको बताएको छ । यो खबर लगत्तै सेना फिर्ताको घोषणा सार्वजनिक भएको हो । उपनेताले छ दिनअघि मात्र रुसी सेना नदी पार गरेर पूर्वी किनारमा जान सक्ने चेतावनी दिएका थिए। बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here