रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने भएकाले आफ्ना नागरिकलाई युक्रेन छाडन अमेरिकाको ताकेता

१ फागुन, वासिङ्टन डिसी ।  रुसले युक्रेनमाथि जुनसुकै बेला आक्रमण गर्न सक्ने अमेरिकले चेतावनी दिएको छ।

रुसले जुनसुकै बेला आक्रमण गर्नसक्ने भएकाले आफ्ना नागरिकलाई युक्रेन छाडन अमेरिकाले फेरि ताकेता गरेको छ। 

frontline

रुसले हवाई आक्रमण गरी युक्रेनविरुद्ध युद्ध छेडनसक्ने अमेरिकी अधिकारीहरुको भनाइ उद्धृत गर्दै बीबीसीमा समाचार छ।

युक्रेन बोर्डरमा एक लाख सेना तैनाथ गरे पनि आक्रमण नगर्ने रुसले दाबी गर्दै आएको छ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लहाकार जेक सुलिभानले रुसी सेनाले युक्रेनविरुद्ध जुनसुकै बेला आक्रमण गर्न सक्ने बताए।

अमेरिकाले अन्य मुलुकहरुलाई पनि आफ्ना नागरिकलाई युक्रेनबाट फिर्ता बोलाउन आग्रह गरेको छ। बेल्जियमले युक्रेनमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाइसकेको छ।

बेलायत, अष्ट्रेलिया, क्यानडा र नेदरल्याण्डले समेत आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here