रुपन्देहीमा फोटोसहितको मतदाता नामवालीमा दर्ता गराउनका लागि सर्वसाधारणको घुँइचो

२१ पुस, भैरहवा । रुपन्देही जिल्लामा फोटोसहितको मतदाता नामवालीमा नाम दर्ता गराउनका लागि सर्वसाधारणको घुँइचो लागेको छ । एकाबिहानै देखि साँझ अबेरसम्म सर्वसाधरणहरु लामबद्ध भएर फोटोसहितको मतदाता नामावली दर्ता गराउनका लागि संकलन केन्द्रमा पुग्ने गरेका छन् । 

रुपन्देही जिल्लाको चार स्थान(जिल्ला निर्वाचन कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय मझगावा)बाट दैनिक फोटोसहितको मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।

frontline

उनका अनुसार जिल्लामा दैनिक औसत एक हजार तीन सय सर्वसाधरणहरुको मतदाता नामावलीमा नयाँ नाम दर्ता भइरहेको छ । सबैभन्दा बढि जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउनका लागि सर्वसाधारणहरुको घुँइचो लागेको छ ।

जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारणहरु यहाँ पुग्ने गरेका छन् । कर्मचारीहरुलाई पनि बिहानै देखि साँझसम्म भ्याइनभ्याई छ । सर्वसाधारणको चाप बढ्दै गएपछि सुरक्षाका लागि सुरक्षाकर्मी पनि खटाउनु परेको छ ।

२०७८ साउन देखि पुष १९ गतेसम्म ६१ हजार ५ सय १९ जना सर्वसाधरणहरुले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको प्रमुख भण्डारीले बताए ।

यो नयाँ दर्ताको संख्या हो । नामावली दर्ता गराउनका लागि सर्वसाधारणको चाप बढेपछि साविकको भन्दा चार जना दर्ता कर्मचारी थप गरेर काम भइरहेको उनले बताए ।

चार जना कर्मचारी थप भएतापनि सर्वसाधरणको चाप बढ्दै जाँदा थप कर्मचारी आवश्यक देखिएको उनको भनाई छ । साथै स्थानीय तहहरुले मृत्यु भइसकेका र बसाईसराई भएको व्यक्तिहरुको नामावली कार्यालयलाई उपलब्ध नगराउदाँ उनीहरुको नाम मतदाता नामवालीमा यथावत रहेको भण्डारीले बताए ।

जिल्ला निर्वाचन कार्यालय मंसिर १७ गते देखि पुष १८ गतेसम्म जिल्लाका १४ वटा स्थानिय तहमा मतदाता नामावली संकलन विशेष कार्यालय संचालन गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here