रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

२० मंसिर, रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

पौडेलले रुपन्देही–२ मा निर्वाचन अधिकृतको कार्यालयले अनियमित रूपमा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरिएको मतपरिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरेका हुन् । सर्वोच्च प्रशासनका अनुसार पौडेलको निवदेन पेस भए पनि दर्ता हुन भने बाँकी छ ।

frontline

पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसंग १ हजार ३७० मतान्तरले पराजित भएका थिए । पौडेल २७ हजार १ सय ६५ मत ल्याई विजयी हुँदा पौडेलले २५ हजार ७ सय ९५ मत ल्याएका थिए ।

त्यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापाले २२ हजार २७ मत ल्याएका थिए ।

पौडेलले निवेदनमा आफूहरूलाई मतगणनास्थलमा प्रवेश निषेध गरी कर्मचारीले विष्णु पौडेललाई विजेता घोषणा गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here