रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न शिक्षामन्त्री पौडेलको निर्देशन

श्रोत : ईन्टरनेट

६ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्न माध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिनुभएको छ ।

सोमबार आयोगका पदाधिकारीहरूको छलफलमा उहाँले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिनुभएको हो ।

frontline

‘देशभरका विद्यालयमा शिक्षकहरूको अभाव छ,’ मन्त्रीले भन्नुभयो, ‘यसै साता निम्न माध्यमिक र त्यसको केही समयपछि प्राविको विज्ञापन खोल्नुहोस् ।’

शिक्षक सेवा आयोगको ११ औँ संशोधन नियमावली मन्त्रिपरिषद्बाट पास भएको बताउँदै शिक्षकको आन्तरिक बढुवा एवम् अध्ययन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया थाल्न आयोगलाई मन्त्रीले निर्देशन दिनुभयो ।

‘५ वर्षदेखि आन्तरिक शिक्षकको बढुवा रोकिएको थियो,’ मन्त्री पौडेलले भन्नुभयो, ‘नियमावली पास भएको छ, शिक्षकको आन्तरिक बढुवा, शिक्षक दरबन्दी र अध्ययन अनुमति पत्रको विज्ञापन गर्नुहोस् ।’

१३ हजार ९३ प्राविमा शिक्षकको पदपूर्ति गर्नुपर्ने बताउँदै १० दिनको अन्तरमा निमावि र प्राविको विज्ञापन गर्न मन्त्रीले पौडेलले आग्रह गर्नुभयो ।

नियमावली संशोधन भइसकेकाले अब ३ हजार ३ सय ९८ शिक्षकको आन्तरिक बढुवा हुने भएको छ ।

छलफलमा शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बुधवारसम्म निम्न माध्यमिक तहको विज्ञापन खोल्ने तयारी भएको जानकारी दिनुभयो ।

‘हामीले माविको १ हजार ५ पाँच सय ६५ पदका लागि विज्ञापन गरिसकेका छौँ,’ अध्यक्ष रेग्मीले भन्नुभयो,‘ यसै साता निम्न माध्यमिक विद्यालयमा रिक्त २ हजार पाँच सय ९८ पदका लागि विज्ञापन गछौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here