राहदानी, नागरिकता राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन गृहमन्त्रालयद्वारा पहल

१६ पुस, काठमाडौं । गृहमन्त्रालयले राहदानी, नागरिकता  र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ पहल थालेको छ ।

उल्लिखित डकुमेन्ट प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले पहल थालेको हो ।

frontline

मन्त्रालयले महत्वपूर्ण परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको छ ।

सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

प्रवक्ता पोखरेलका अनुसार विज्ञको टोलीले अध्ययन सुरु गरिसकेको छ । अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लागिने उनले बताए।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए । उनले राहदानी भागमा अनुगमन समेत गरेका थिए ।

शनिबार मात्रै प्रधानमन्त्री प्रचण्डसँग भेट गरी नागरिकलाई सहज रुपमा सेवा दिनका लागि विज्ञको टोली गठन गरिएको विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here