रास्वपाद्वारा सिंहदरवारमा कार्यालयका लागि छुट्टै व्यवस्थाको माग

१२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको कार्यालयका लागि सिंहदरवारमा छुट्टै व्यवस्थाको माग गरेको छ ।

संघीय संसद सचिवालयले ४ मंसिरको आम चुनावबाट आएका नयाँ दलहरुका लागि विगतमा हेलो सरकार बस्दैै आएको भवनमा संसदीय दलको कार्यालय व्यवस्थापन गरेको छ । जहाँ रास्वापा, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत स्वतन्त्र सांसदहरुका लागि कार्यालय व्यवस्थापन गरिएको छ ।

frontline

पुराना पार्टीहरु नेपादी कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका लागि साविककै स्थानमा संसदीय दलको कार्यालय व्यवस्थापन गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको आफ्नै कम्पाउण्डसहितको भवन छ । अलग कम्पाउण्ड नभए पनि माओवादीको कार्यालय पनि छुट्टै छ ।

रास्वपाले पुराना पार्टीहरुलाई छुट्टै कार्यालय व्यवस्थापन गरिएको तर, नयाँ पार्टीहरुका लागि एकै ठाउँमा कार्यालय दिएको भन्दै असन्तुष्टि जनाएको हो ।

गोपनियता लगायतका कारणले पनि आफूहरुको पार्टीका लागि छुट्टै कार्यालय आवश्यक भएको रास्वपाले संसद सचिवालयलाई भनेको छ ।

‘कांग्रेस, एमाले र माओवादीको अलग कार्यालय छ । हामी चौथो पार्टी हो’ रास्वपाका प्रवक्ता मुकुल ढकाल प्रश्न गर्छन, ‘चौथो दलदेखि सबै दलका लागि एकै ठाउँमा कार्यालय दिने भए पनि एउटा दललाई किन छुट्टै दिइयो ?’

नेकपा एकीकृत समाजवादीको संसदीय दल साविककै स्थान (संसद भवन नम्बर १) मा छ । यसतर्फ संकेत गर्दै उनले नयाँ र पुराना दलका लागि अलग अलग कार्यालय व्यवस्थापन गरिनु गलत भएको बताए ।

आफूहरु संसदको चौथो ठूलो दल भएकाले त्यही अनुुसार छुट्टै कार्यालय व्यवस्थापनका लागि आग्रह गरिएको उनले जानकारी दिए । ‘गोपनियताका कुराहरु पनि हुन्छन्’ छुट्टै कार्यालय माग्नुको कारण दिँदै उनले भने ।

रास्वपाको मागका सम्बन्धमा संसद सचिवालयका अधिकारीहरुले ‘छलफल गरौंला’ भन्ने जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here