रासस अध्यक्ष अधिकारीद्वारा झापा कार्यालय निरीक्षण

झापा, १७ असोज (रासस) ः राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले शनिबार झापाको भद्रपुरस्थित रासस कार्यालय निरीक्षण गर्नुभयो ।

सो अवसरमा राससका प्रशासन प्रमुख उत्तम सिलवाल र लेखा प्रमुख रुद्रमणि अधिकारी हुनुहुन्थ्यो । राससको भद्रपुरस्थित कार्यालयको भौतिक अवस्था, यसले पु¥याउँदै आएको सेवा र रासस समाचार प्रभावका बारेमा झापा कार्यालयका प्रमुख चन्द्रकला भण्डारीले उहाँहरुलाई जानकारी गराउनुभएको थियो ।

frontline

रासस अध्यक्ष अधिकारीले राससको समाचारलाई विश्वसनीय र गुणस्तरीय बनाउन झापामा रहेका राससकर्मीले पु¥याउँदै आएको योगदानको सराहना गर्नुभएको थियो ।

उहाँले कार्यालयको मर्मतका लागि बजेट विनियोजन गरिने जानकारी दिनुभएको थियो । चार दशकअघि निर्माण गरिएको कार्यालय भवन मर्मतसम्भार आवश्यक रहेको प्रमुख भण्डारीले बताउनुभएको थियो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here