राष्ट्रियसभाका लागि मनोनयन उम्मेदवारको नामावाली आज प्रकाशन हुने

२३ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरुको नामावाली आज प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आज दिउँसो ३ बजे उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने जनाएको छ ।

आयोगले यसअघि नै उम्मेदवारहरुको मनोनयन पत्र जाँचबुझ गरिसकेकोले आज नामावली प्रकाशन गर्ने जनाएको हो ।

frontline

राष्ट्रियसभाको १९ रिक्त पदका लागि आगामी माघ १२ मा निर्वाचन हुँदैछ । जसमा ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मनोनयन गर्ने उम्मेदवारहरुको नामावाली आज प्रकाशन हुने भएपनि अन्तिम नामावाली भने पुस २५ गतेमात्रै सार्वजनिक हुने र चुनाव चिन्ह पनि सोही दिन प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारहरुले पुस २४ गते अर्थात भोलिसम्ममा नाम फिर्ता लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here