राष्ट्रियसभा बैठक आज बस्दै, दुई समिति प्रतिवेदन पेस हुने

काठमाडौं । आज संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्नेछ ।

नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएपछि स्थगित भएको राष्ट्रियसभा बैठक माघ ४ गतेदेखि पुनः सुरु भएको हो।

frontline

आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here