राष्ट्रिय सभाकाे उपाध्यक्ष पदको निर्वाचन हुँदै

२३ माघ,काठमाडौं । राष्ट्रिय सभाको बैठक साेमबार बस्ने भएकाे छ ।

बैठक साेमबार मध्याह्न १२ बजे बस्ने भएकाे हाे । राष्ट्रिय सभाकाे उपाध्यक्ष पदको निर्वाचन साेमबार हुने भएकाे छ । साेमबारकाे बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि तोकिएको समयमा एक मात्र उम्मेदवारको प्रस्ताव दर्ता भएको छ ।

frontline

नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको मात्र प्रस्ताव दर्ता भएकाले उपाध्यक्षमा अर्याल निर्विरोध हुनुहुने भएकाे छ । उम्मेदवारी मनोनयनको दिन नेपाली कांग्रेसले माओवादीविरुद्ध आफ्नो उम्मेदवार खडा नगर्ने निर्णय गरेपछि अर्याल निर्विरोध हुनुहुने भएको हो ।

अर्याल प्रस्तावकमा माओवादी नारायणकाजी श्रेष्ठ र समर्थकमा एमाले नेता देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा रहेका छन् । राष्ट्रिय सभाको साेमबार बस्ने बैठकको सम्भावित दैनिक कार्यसूचीमा अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गर्नुपर्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने विषय समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here