राष्ट्रिय सभा बैठक बस्दै

१६ भदौ, काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक आज बिहीबार बस्दैछ ।

बैठक दिउँसो २ः५९ बजे बस्ने बैठकमा राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सदस्य देवेन्द्र दाहालले राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन, २०७६ सभा समक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

frontline

यस्तै, अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई प्रतिनिधि सभाबाट भएका संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here