राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपाली टोलीको बन्द प्रशिक्षण कतारको दोहामा हुने जानकारी दिएको हो। नेपालले साफ च्याम्पियनसिपका लागि कतारमा तयारी गर्न लागेको हो। बन्द प्रशिक्षणका लागि नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्नेछ। नेपाली टोलीले अहिले पोखरामा तयारी गरिरहेको छ।  मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा सामेल गरेका छन्।

बन्द प्रशिक्षणमा किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु,  सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ र पूजन उपरकोटी बन्द प्रशिक्षणमा छन्। यसैगरी विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनील बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा छन्। 
कतार जानु अघि नेपालले भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र भदौ २० मा दुई खेल हुनेछ। 

frontline

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप असोज १५ देखि असोज ३० गतेसम्म आयोजना हुँदैछ। नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपालले माल्दिभ्ससँग असोज १५ मा, श्रीलंकासँग असोज १८ मा, भारतसँग असोज २४ र बंगलादेशसँग असोज २७ मा खेल्ने छ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा 
प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here