राष्ट्रिय पोशाक दिवसका अवसरमा निकालियो सांस्कृतिक र्याली
१७ पुस, काठमाडौं । नवौं राष्ट्रिय पोशाक दिवसका अवसरमा शनिबार काठमाडौंमा सांस्कृतिक र्याली निकालिएको छ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको बसन्तपुरदेखि भृकुटिमण्डपसम्म सांस्कृतिक र्याली निकालिएको हो ।
नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुटनुपरेको प्रतिष्ठानले जनाएको छ ।
पञ्चेबाजासहित सांस्कृतिक र्यालीमा सहभागीहरुले राष्ट्रिय पोशाक लगाएका थिए । नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको भएपनि दौरा, सुरुवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको प्रतिष्ठानको भनाइ छ ।
नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवद्र्धन गर्ने भन्दै बिभिन्न संघसंस्थाले २०७० साल यता पुस १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्