राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित

फ्रन्टलाइन देश दुनियाँ । यसै वर्ष हुने तय भएको १२ औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो ।

frontline

उहाँका अनुसार, कोरोना महामारीका कारण हिजो बसेको मन्त्रिपरिषद बैठकले स्थगित गर्ने निर्णय गरेको छ। महामारी कम भएपछि फेरि सुचारु हुने छ।’

१२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो।

प्रतिक्रिया दिनुहोस्

poster-here