राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन

५ असोज, जनकपुरधाम । नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिराहाको कसहामा टायर बालेर जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति भण्डारीको राजीनामासमेत मागेका छन् ।

frontline

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा लाखौं नेपाली नागरिक अनागरिक भएर बस्नुपर्ने स्थिति सृजना भएकाले विरोधमा उत्रिनु परेको जनमत पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here