राष्ट्रपति भण्डारीले गरिन् संसद् अधिवेशन आह्वान

फ्रन्टलाइनखबर, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी हुन्।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। तर, फागुन ११ गते सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो। सोही आदेशअनुसार प्रतिनिधिसभा बैठक बोलाइएको हो।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here