राष्ट्रपति भण्डारीद्वारा जापानका पूर्वप्रधानमन्त्रीको हत्याप्रति खेद प्रकट

 २५ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज ट्वीट गरी आबेप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेकी हुन्। यस दुःखद् घडीमा उनले मैत्रीपूर्ण जापानी जनता र स्वर्गीय आबेको परिवारजनमा समवेदनसमेत प्रकट गरिन्।

frontline

आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली हानी हत्या भएको थियो। यस दुःखद् घडीमा आज नेपाल सरकारले पनि देशभर शोक मनाउने निर्णय गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्

poster-here