राष्ट्रपति भण्डारीको कदमबारे प्रधानमन्त्री देउवाले कानुनविद्हरुसँग परामर्श गर्ने
५ असोज, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्हरुसँग परामर्श गर्ने भएका छन् ।
त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविद्हरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
उनका अनुसार १५/२० जना कानुनविद्हरुकाे प्रधानमन्त्री देउवाले छलफल गरी सुझाव लिनेछन् ।
यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्