राष्ट्र बैंकले कोभिडका कारण दिइएका सहज व्यवस्थालाई कटौति गर्ने

फाइल तस्बिर।

६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिडका कारण दिइएका सहज व्यवस्थालाई कटौति गर्ने भएको छ।

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आर्थिक क्षेत्रलाई कोभिडकालमा दिएको सुविधा कटौती गर्ने घोषणा गरेका हुन्। 

frontline

‘कोभिडको समयमा दिइएका सहज नियामकीय क्रमशः कटौति गर्दै विवेकशील नियामकीय मापदण्डअनुरुप बनाइने छ।

कृषिलगायतका क्षेत्र र अति प्रभावित क्षेत्रमा मात्रै पुनःकर्जालाई उपलब्ध गराइने छ,’ उनले भने। 

राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिलो बनाएको छ। कर्जालाई उत्पादनशील क्षेत्रतर्फ लक्षित गरिने गर्भनर अधिकारीले बताए।

पुनरोत्थानतर्फ रहेका अतिप्रभावित क्षेत्रमा मात्र पुनरकर्जा उपलब्ध गराइने मौद्रिक नीतिमा समावेश गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here