राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकले १८ औं गभर्नर पाएको छ ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गर्यो।
- गभर्नरको विषयलाई लिएर देखिएको सत्ता संकट र अन्यौल रोकिएको छ।
- यस नियुक्तिले राष्ट्र बैंकमा लामो समयदेखि देखिएको अस्थिरता समाप्त भएको छ।
६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ औं गभर्नरका रुपमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्यौल सकिएको हाे ।
साथै, गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि टरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।
पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।
सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्