रामचन्द्र पौडेलले कसैलाई भोट नदिने

फाइल तस्बिर

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको जारी १४ औँ महाधिवेशनमा कसैलाई भोट नदिने भएका छन् ।

आफूलाई सर्वसम्मत सभापतिका लागि साथ नदिएको भन्दै राजनीतिक प्रतिस्पर्धाबाटै टाढा भएका पौडेलले आज हुने नेतृत्व तथा पदाधिकारी चयनको मतदान प्रक्रियामा भाग नलिने उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले बताए ।

frontline

कांग्रेस सभापति पदका लागि शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङले उम्मेदवारी दिएका छन् । पौडेलले भने केन्द्रीय सदस्य पदका लागि समेत उम्मेदवारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here