राम र सीताबीच प्रतिकात्मक विवाह सम्पन्न, सातौँ दिन आज रामकलेवा हुँदै

२३ मंसिर, धनुषा । जनकपुरधाममा भगवान राम र सीताबीच प्रतिकात्मक विवाह सम्पन्न भएको छ । त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको सम्झना बुधबार राति जनकपुरधामस्ति जानकी मन्दिरमा वैदिक परम्पराअनुसार रामसीताको प्रतिकात्मक विवाह सम्पन्न भएको हो ।

विवाह समारोहमा नेपाल तथा भारतका लाखौं श्रद्धालु सहभागी थिए । दिउँसो जानकी मन्दिरबाट जानकीको डोला र राम मन्दिरबाट रामको डोला साधुसन्तको अगुवाइमा झाँकी कीर्तनसहित नगर परिक्रमा गर्दै बाह्रविघा मैदान पुगेर स्वयंम्वर गरिएको थियो ।

frontline

ढोल पिपही, सहनाई, व्यान्ड बाजा र पञ्चेबाजासहित छुटा–छुट्टै निस्केको दुबै डोला बाह्रविघा मैदानमा प्रतिकात्मक राम र सीताबीच स्वयम्वर (मालाफेर) भएको थियो ।

यस अन्तरगत आज बिहीबार रामकलेवा विधि मनाइँदैछ । रामकलेवा विधि पश्चात साताव्यापी विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।

भगवान रामको तर्फबाट जन्तीको रुपमा र अन्य स्थानबाट आएका साधुसन्तलाई भोजन गराएर र दक्षिणासहितको बिदाइ गर्नुलाई रामकलेवा भनिन्छ ।

गत शुक्रबारदेखि सुरु भएको रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन आज रामकलेवा हुँदैछ ।

रामकलेवापछि रामजानकी विवाह महोत्सव यसवर्ष विधिवत् रुपमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here