राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनसहित पदाधिकारीले लिए शपथ

श्रोत : ईन्टरनेट

१९ मंसिर, काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारीहरुले शपथ लिएका छन् ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहकाबीच राप्रपाका नवनिर्वाचित पदाधिकारीहरले शपथ लिएका हुन् ।

frontline

निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै लिङ्देन आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

महामन्त्रीमा धवलशमशेर राणा भएका छन् । तीन महामन्त्रीमध्ये बाँकी दुईमा थापा प्यानलका भुवन पाठक र कुन्तीकुमारी शाही विजयी भएका छन् ।

महिला महामन्त्रीमा पनि थापा निकट कुन्ती शाही निर्वाचित भएकी छिन् । त्यस्तै उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here