राप्रपा कर्णालीको अध्यक्षमा दिप बहादुर शाही चयन

३० कार्तिक, सिमकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीको कर्णाली प्रदेशको अध्यक्षमा दिप बहादुर शाही निर्विरोध निर्वाचित भएका छन्। उक्त पार्टीको पहिलो प्रदेश अधिवेशनले शाहीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो।

राप्रपाको कर्णाली प्रदेश समितिको पहिलो अधिवेशनबाट कालिकोटका शाहीलाई अध्यक्षमा चयन गरेको उक्त पार्टीका सहसचिव सुमन रावतले जानकारी दिए।

frontline

३१ सदस्यीय कार्य समितिको उपाध्यक्षमा सुर्खेतका सूर्य खत्री, दैलेखका सुरतजंग शाही र सल्यानका शिला बुढाथोकी चयन भएका छन्।

त्यसैगरि सचिवमा सूर्यबहादुर शाही (सुर्खेत), प्रवक्तामा गोपाल खड्का (रुकुम), कोषध्यक्षमा कृष्ण बुढा (जुम्ला), सहसचिवमा सुमन रावत (हुम्ला) र अम्मर बहादुर शाही (जाजरकोट) चयन भएका छन्।

त्यसैगरि अधिवेशनबाट भूगोल र समावेशीका आधारमा २३ जना सदस्य पनि चयन भएका छन्। उक्त पार्टी प्रदेश अधिवेशन कात्तिक २९ गतेबाट सुरु भएको थियो।

अध्यक्षका आकांक्षी धेरै भए पनि अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न सफल भएको सहसचिव रावतले जानकारी दिए। अधिवेशनका लागि कर्णालीका दश वटै जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता रहेको सो पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here