राप्ती नदीमा पानीको सतह खतराभन्दा माथि, सतर्कता अपनाउन आग्रह

१९ असोज, काठमाडौं । राप्ती नदीमा बाढीले खतरा सतह पारेको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण राप्तीमा बाढीले खतराकाे सतह पार गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। 

राप्ती नदीमा पानीको सतह ६.४५ मिटर पुगेको छ । उक्त नदीमा पानीको सतह ५.४० मिटर पुगे खतरा मानिन्छ।

frontline

अहिले पनि नदीमा पानीको सतह बढ्दै गएकोले राप्तीसोनारी गाउँपालिका वडा नं. ४, ५, ६ र ७ तथा डुडुवा गाउँपालिका वडा नं. १, २, ४ र ५ का गाउँ डुवानमा पर्ने खतरा बढेको भन्दै प्रशासनले सजगता अपनाउन आग्रह गरेको छ। 

नदी किनारका सर्वसाधारणलाई सुरक्षित ठाउँमा जान र दाउरा छोप्न, नुहाउन तथा माछा मार्न नजान पनि प्रशासनले आग्रह गरेको प्रशासकीय अधिकृत रामकुमार सोनकरले बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here