राजनीतिक समन्वय समितिले मुलुकलाई चाँडोभन्दा चाँडो चुनावको माहोल बनाउनुपर्छः प्रदीप पौडेल

श्रोत : ईन्टरनेट

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले मुलुकलाई चाँडोभन्दा चाँडो चुनावतिर लैजानुपर्ने बताएका छन् ।

आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “उच्चस्तरीय राजनीतिक समन्वय समितिको कार्यकारी या संवैधानिक भूमिका हुँदैन । त्यसकारण यसको विरोध गर्नुपर्ने कुनै कारण छैन ।

frontline

म त के भन्छु भने सरकारको कार्यशैलीले भोलिको चुनाव प्रभावित हुन्छ । त्यसैले यो सरकार धेरै समय लामो जानु हुँदैन । राजनीतिक समन्वय समितिले अब मुलुकलाई छिटोभन्दा छिटो चुनावमा लिएर जानुपर्छ ।”

राजनीतिक समन्वय समितिको संयोजक पाउनुलाई रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीचको गठबन्धन बनेको अर्थमा लिन नहुने उनले बताए ।

कांग्रेसमा रामचन्द्र, कृष्ण सिटौला र देउवाबीच महागठबन्धन बन्न लागेको हो भन्ने प्रश्नमा नेता पौडेलले भने, “नेताहरुले आफू बलियो हुने गरी छलफल अघि बढाइरहनुभएको छ ।

आफ्नो समूहबाहिर पनि सहकार्य गरेर नेतृत्व लिने चाहनु स्वाभाविकै हो । उच्चस्तरीय समन्वय समितिमा पार्टीका वरिष्ठ नेताहरुको सहभागिता र समझदारीले सकारात्मक सन्देश गएको छ । तर निकट महाधिवेशनसँग यसको प्रत्यक्ष सम्बन्ध छैन ।”

राजनीतिक समन्वय समितिले प्रधानमन्त्रीलाई हटाउन नसक्ने पनि उनले दाबी गरे । उनले भने, “प्रधानमन्त्री हटाउने छुट्टै संवैधानिक प्रक्रिया छ ।

सरकार सञ्चालनमा यसको अनौपचारिक र सहयोगी भूमिका मात्र हुन्छ ।” उनले कांग्रेसको चौधौं महाधिवेशन सुनिश्चित भएको र यसले नेतृत्वको पुस्तान्तरण हुने परिस्थिति निर्माण गरेको बताए ।

आफूमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नु उपयुक्त हुने पौडेलले बताए । उनले थपे, “न्यायालयको विवाद अब लामो समयसम्म जान सक्दैन ।

तटस्थ, निर्विवाद र स्वीकार्य हुनुपर्ने ठाउँको नेतृत्व विरुद्ध आन्दोलन भइरहेको छ । यसरी नै मूकदर्शक भएर कसरी बस्न सकिन्छ ? राणाले मार्गप्रशस्त गर्नुको विकल्प रहँदैन ।”

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here